लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’

सारांश

  • इलाम।
  •  विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् ।
  • प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् ।

इलाम। विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् ।

नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको जानकारी दिनुभयो । “प्रशोधन कारखानामा अहिले पुरूषलाई रु ४०० र महिलालाई रु ३०० ज्याला दिइन्छ ।” आचार्यले भन्नुभयो, “हामी महिला भएकै कारणले ज्यालामा विभेद गरिएको हो । एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?”

उहाँका आचार्यका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका एक/एक महिला समेटिएको छ । सङ्गठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिने छ । “हामी सङ्गठनभित्र काम गर्दा सबै समस्या सुनुवाइ हुँदैन र एक्लै सबै समस्या भन्नसमेत सकिँदैन । त्यसैले एकताबद्ध भएका हौँ”, सचिव आचार्यले भन्नुभयो, “महिला श्रमिकलाई श्रमिक ऐन, कानून समेत जानकारी गराउन सङ्गठन आवश्यक परेको हो ।”

स्थापनापछि उक्त सङ्गठनले बचतसमेत सङ्कलन गर्न थालेको छ । मासिक रु १०० बचत सङ्कलन र उक्त रकम महिला श्रमिकलाई आवश्यक परेकाका बेला ऋण स्वरुप उपलब्ध गराइने व्यवस्था गरिएको अध्यक्ष होमकुमारी आचार्यको भनाइ थियो ।

(etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Guide to Online Dating Sites — What You Should Understand Before Signing Up
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
राजपाले गर्यो फरार अभियुक्तलाई राज्यमन्त्रीमा सिफारिस
नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ
दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन
सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
प्रहरी परिवर्तन भएपछि मात्रै अनुसन्धान शुरु : निर्मला हत्या प्रकरण
प्रहरी परिवर्तन भएपछि मात्रै अनुसन्धान शुरु : निर्मला हत्या प्रकरण
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता