नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेकपाद्वारा प्रतिवेदन पेश नगर्ने कार्यदलको विघटन !

सारांश

  • काठमाडाै, ७ असाेज ।
  • नेकपाले पार्टी एकताका सम्बन्धमा सिफारिस पेश गर्न गठन गरिएका तर काम गर्न नसकेका कार्यदलहरुकाे अालाेचना गर्दै विघटन गरेको छ।
  • ती कार्यदलहरुको नेकपाको शुक्रबार (५ असाेज) मा बसेको केन्द्रीय सचिवालयले विघटनको निर्णय गरेको हो।

काठमाडाै, ७ असाेज । नेकपाले पार्टी एकताका सम्बन्धमा सिफारिस पेश गर्न गठन गरिएका तर काम गर्न नसकेका कार्यदलहरुकाे अालाेचना गर्दै विघटन गरेको छ। ती कार्यदलहरुको नेकपाको शुक्रबार (५ असाेज) मा बसेको केन्द्रीय सचिवालयले विघटनको निर्णय गरेको हो।

प्रतिवेदन पेश नगर्ने कार्यदलहरुको आलोचना गरेको सो बैठकले प्रतिवेदन पेश गर्ने कार्यदलहरुलाई धन्यवाद समेत दिएको छ। स्रोतका अनुसार प्रतिवेदन पेश गर्न नसक्ने कार्यदलहरुमा– युवा, विद्यार्थी, महिला, मजदुर लगायतका जनवर्गीय संगठनका कार्यदल छन्।

भूगोल तर्फ प्रदेश–२ को कार्यदलले पनि प्रतिवेदन पेश गर्न सकेको छैन। बैठक लगत्तै नेकपाले जारी गरेको विशेष परिपत्रमा सात वटै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने काम बैठकले गरेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?