एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेका छन् ।
  • आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

नवनियुक्त पाण्डेले उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताए । “प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ”, उनले भने ।

पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पारे ।

आज मुख्यमन्त्री पाण्डेसँगै दुई नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुशीला सिम्खडा र नेपाली कांग्रेसका सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
के करण अझै शुरु भएन डोल्पामा मतगणना ,यस्तो छ संसनिपुर्ण खुलासा
पार्टी अध्यक्ष केपीकाे जालझेलले मैले हारे: अष्टलक्ष्मी शाक्य
पार्टी अध्यक्ष केपीकाे जालझेलले मैले हारे: अष्टलक्ष्मी शाक्य
भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८!
भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८!
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

तपाईंले छुटाउनुभयो कि?