सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा

सारांश

  • २९ साउन, चितवन ।
  • पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।
  • क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् ।

२९ साउन, चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् ।

कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो ।

सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
विषालु सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु
नेपालभर रोकियो चलचित्र आदिपुरुषको प्रदर्शन
नेपालभर रोकियो चलचित्र आदिपुरुषको प्रदर्शन
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
कांग्रेस कहिल्यै हार्दैन, ठूल-ठूला उम्मेदवारले मात्र हारेः प्रधानमन्त्री देउवा
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा
पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत
पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

तपाईंले छुटाउनुभयो कि?