एक सिलिन्डर ग्याँसकाे दश हजार

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एक सिलिन्डर ग्याँसकाे  दश हजार

सारांश

  • काठमाडौं, ४भदौ ।
  • नेपाल ग्याँस उद्योगले आइतबारदेखि कम्पोजिट एलपी ग्याँस सिलिण्डर बजारमा ल्याउने भएको छ ।
  • नेपाल ग्याँसले यसको मूल्य १० हजार ६ सय तोकेको छ ।

काठमाडौं, ४भदौ । नेपाल ग्याँस उद्योगले आइतबारदेखि कम्पोजिट एलपी ग्याँस सिलिण्डर बजारमा ल्याउने भएको छ । नेपाल ग्याँसले यसको मूल्य १० हजार ६ सय तोकेको छ । कप्पनीले यस ग्याँस आगलागीमा पनि बिस्फोटन नहुने जनाएको छ । परीक्षणबाट पनि ग्याँस शतप्रतिशत सुरक्षित प्रमाणित भएको बताइएको छ ।

कम्पोजिट सिलिण्डरमा ग्याँसको मात्रा कति छ भनेर हेर्न सकिन्छ । सिलिण्डर पारदर्शी भएकाले यो सम्भव भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति पाइसकेको यस ग्याँसमा खिया नलाग्ने कम्पनीको दाबी छ ।यो सिलिण्डर कार्बन कार्बन कम्पोजिट फाइबरले बनेको छ ।

यसलाई टाइम टेक्नोप्लास्टले उत्पादन गरेको हो । आधुनिक प्रविधिबाट निर्मित यस ग्याँसको सिलिण्डर सामान्यत प्रयोग गरिने ग्याँसको सिलिण्डरभन्दा आधा कम छ र बलियो पनि छ ।
ग्याँस पड्केर हुने जनधनको क्षति न्यूनीकरण गर्न कम्पोजिट सिलिण्डर बजारमा ल्याएको कम्पनीले बताएको छ । यो ग्याँस अत्याधिक चिसो मौसममा पनि नजम्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?