निर्मला हत्याको ५१औं दिन, देशभर न्याय मागिँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
निर्मला हत्याको ५१औं दिन, देशभर न्याय मागिँदै

सारांश

  • काठमाडौं ३० साउन ।
  • कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका लागि न्याय माग्दै देशैभर विरोध प्रदर्शन हुँदैछ ।
  • निर्मलाको हत्या भएको आज ५१ दिन बितिसक्दा समेत अपराधी पक्राउ पर्न सकेको छैन ।

काठमाडौं ३० साउन । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका लागि न्याय माग्दै देशैभर विरोध प्रदर्शन हुँदैछ । निर्मलाको हत्या भएको आज ५१ दिन बितिसक्दा समेत अपराधी पक्राउ पर्न सकेको छैन ।

आज शनिबार देशका मुख्य शहरहरुमा निर्मलालाई न्याय माग्दै भेला हुँदैछन् । विभिन्न सामाजिक सञ्जालमा ‘निर्मलाका निम्ति न्याय,’ ‘बलात्कार विरुद्धको रोष’ ह्यासट्याग अभियान समेत चलिरहेका छन् । सामाजिक सञ्जाल ट्विटर, फेसबुकमा अपराधीलाई कार्वाहीको माग गर्दै स्वतस्फूर्त अभियान चलेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा न्याय माग्दै निर्मला लगायतलाई न्याय माग्दै जम्मा हुँदैछन् । रानको भानुचोक, इटहरी, इनरुवा, उदयपुरको गाइघाट, विराटनगर, राजविराज, भरतपुर, वीरगन्ज, काभ्रे, नेपालगन्ज, पाल्पा, प्यूठान लगायतका स्थानमा निर्मलाका लागि न्याय माग्दै स्वतस्फूर्त उपस्थित हुँदैछन् ।

काठमाडौंमा हुने कार्यक्रममा न्याय माग्न काठमाडौं आएका निर्मलाका आमाबा समेत उपस्थित हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?