घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
३१ पटक हेरिएको
Shares
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट

सारांश

  • गायक राजेश पायल राईको काठमाडौँको बानेश्वरमा रहेका घरमा आगलागी हुँदा उनको अवार्ड तथा सम्मानपत्र जलेर नष्ट भएका छन् ।
  • सोमबार उनको घरमा आगलागी भएको हो ।
  • आगलागीबाट मानवीय क्षति भने नभएको पारिवारिक श्रोतले जनाएको छ ।

गायक राजेश पायल राईको काठमाडौँको बानेश्वरमा रहेका घरमा आगलागी हुँदा उनको अवार्ड तथा सम्मानपत्र जलेर नष्ट भएका छन् । सोमबार उनको घरमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने नभएको पारिवारिक श्रोतले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । गायक राई सांगीतिक कार्यक्रममा क्रममा विदेशमा रहेका बेला घरमा आगलागी भएको हो ।

आगलागीको घटनापछि गायक राईले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । उनले आफू विदेशमा रहेका बेला पनि विपत्तिमा सहयोग गर्ने छिमेकीसहित प्रहरी तथा दमकलको टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

उनले सम्मानपत्रहरु जलेर नष्ट भए पनि श्रोताको माया नष्ट नहुनेमा आफू आशावादी रहेको बताएका छन् ।

‘गल्ती, कमी कमजोरी मान्छेबाट हुन्छ भन्थे भगवानबाट नि हुँदो रहेछ, उनैले दिए उनैले लगे अब उनैले दिनेछन् एक दिन फेरि गल्ती नगरिकन’ गायक राइले फेसबुकमा लेखेका छन् ‘यो परीस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी, दमकल परिवार प्रती यहाँ परदेशी भूमिबाटै हार्दिक नमन, अवार्ड जले होलान् तर तपाईँहरुले दिएको आशिर्वाद, माया, सुझाब कहिलै नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

उनले विपत्ति परेका बेला घर आउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । अमेरिका र क्यानडाको कार्यक्रमका लाग अझै दुई महिना राजेश देशबाहिरै हुनेछन् ।

(https://caborealestateservices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?