एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • चितवन, ४ पुस,आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ ।
  • कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो ।
  • कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७० बढी राजश्व बढी असुल गरेको छ ।

चितवन, ४ पुस,आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो ।

कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७० बढी राजश्व बढी असुल गरेको छ । विभागले कार्यालयलाई रु १० अर्ब १२ करोड ४० लाख ८३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।

कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार आय करतर्फ रु ४२ करोड ३६ लाख एक हजार, ब्याज करतर्फ रु चार करोड ८२ लाख ५९ हजार, मूल्य अभिवृद्धि कर रु ५६ करोड २३ लाख ९४ हजार राजश्व असुल भएको छ ।

यस्तै अन्तःशुल्कमा रु १० अर्ब ५७ करोड ६४ लाख ४२ हजार र अन्य करतर्फ रु चार करोड आठ लाख ६० हजार असली भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस कार्यालयको क्षेत्राधिकारभित्र करदाता शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन सहज भएको रिजालले बताउनुभयो । कार्यालयले नियमित बजार अनुगमन गर्ने, व्यवसायीसँग करका विषयमा अन्तरसंवाद गर्नेलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजारभन्दा बढी करदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु
आज देशभर वर्षा र हिमपातको सम्भावना
आज देशभर वर्षा र हिमपातको सम्भावना
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै

तपाईंले छुटाउनुभयो कि?