प्रचण्डकाे पहलमा मुसहर बालबालिकाकाे लागि रकम निकासा
सारांश
- चितवन, ६ मंसिर।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन्।
- निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गरेका छन्।
चितवन, ६ मंसिर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन्। निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गरेका छन्।
बुधबार उनीहरु पढिरहेको साझापुर मावि पुगेर उनले आफूले अभिभावकत्व ग्रहण गरेको बालकको खाजा, कपी किताव र अन्य आवश्यकीय शैक्षिक सामाग्री बारे जिज्ञासा राखेका थिए। गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ। साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताए।
प्रतिक्रिया