एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
एडिबी कन्ट्री पोर्टफोलियो :  विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी

सारांश

  • काठमाडौँ ।
  • एशियाली विकास बैंक (एडीबी)ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.
  • २ विलियन)बराबरको लगानी गरेको छ ।

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन)बराबरको लगानी गरेको छ ।

सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित विकास आयोजनाको प्रगति मूल्याङ्कन गर्न आयोजित दुई दिवसिय ‘कन्ट्री पोर्टफोलियो’ समीक्षा बैठकको उद्घाटनसत्रमा सो जानकारी दिइएको हो । अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा आजदेखि यहाँ शुरु भएको परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठकमा नेपाल सरकारका सचिव, वरिष्ठ अधिकारी, आयोजना निर्देशक र एडीबीको नेपाल आवासीय नियोगका कर्मचारीको सहभागिता छ ।

“हामी एशियाली विकास बैंकले वर्षौंदेखि नेपालको विकासमा गरेको सहयोगको प्रशंसा गर्छौँ । परियोजना कार्यान्वयन र वितरणसम्बन्धी चुनौतिको निरुपण गर्न र नेपाली जनताको विकासप्रतिको चाहनालाई सम्बोधन गर्न पूँजीगत खर्चमा सुधार गर्न सरकार प्रतिवद्ध छ”, महतले भने। बैंकका दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले सुधारिएको ‘पोर्टफोलियो’ले कार्यसम्पादनमा आधारित विकासका परिणाम समयमै वितरण गर्न र उच्च तथा दिगो सहुलियतपूर्ण स्रोत विनियोजनको लागि महत्वपूर्ण भएको बताए ।

अर्थ मन्त्रालयले परियोजना कार्यान्वयनमा विशेष ध्यान दिएको खण्डमा वार्षिक करिब रु ४६ अर्ब १० करोड (३५० मिलियन) देखि ५९ अर्ब २८ करोडसम्म भुक्तानी पाउन सक्ने उनले बताए । बैठकमा राजस्व सचिव रामप्रसाद घिमिरेले प्रभावकारीरुपमा आयोजना कार्यान्वयनमा ध्यान दिँदै समावेशीकरण, वातावरणीय तथा सामाजिक सुरक्षा अनुगमनसमेतमा केन्द्रीत रहेको बताए ।

सो अवसरमा एडीबीको सहयोगमा सञ्चालित आयोजनालाई पुरस्कार प्रदान गरिएको थियो । ती आयोजनामा शहरी खानेपानी तथा सरसफाई आयोजना, वाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तिय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल
श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल