ओली सरकारलाई अर्को च्यालेन्ज,नयाँ बसपार्कमा अर्को सिन्डिकेट सुरु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  •   सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ।
  • उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका हुन्।

काठमाडाै, २६ वैशाख ।  सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ।

उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका हुन्।

यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा आजदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ। ल्होत्सेले विसं २०५७ मा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो। ल्होत्सेलाई काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइलगायत व्यवस्थापनको काम दिएको हो।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउछन्। ‘सम्झौतापत्रमा ल्होत्सेले टिकट काट्न पाउने उल्लेख छैन, टिकट काटेर यात्रुसँग बढी भाडा असुलेको भए यस्तो काम तत्काल बन्द गर्छौं’ कार्कीले भने।

यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन्। ल्होत्सेले तोकिएभन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आएको रामबहादुर थापा बताउछन्। यातायात व्यवसायी भने सबै कामको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै रहेको बताउँछन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला सरकारले द्रुत गतिमा काम गरी यातायात व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन्।

यातायात व्यवसायीले समयसारिणी लागू नहुने सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै आयोजना भएको पत्रकार सम्मेलनमा सार्वजनिक घोषणा गरेका थिए। राजधानीमै गत शनिबारदेखि नै बिहान बेलुकी सवारी पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ। दहचोककी रमिला भट्टराई यातायात एकाधिकार अन्त्य भयो भन्ने समाचार सुन्न थालेपछि सवारी पाउन नसकिएको बताउछन्।

व्यवसायीले सबै व्यवस्थापन सरकारले गर्ने भन्दै मन लागे सवारी चलाउने मन नलागे नचलाउने गरेका छन्। यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल कम्पनीका सवारीलाई उपत्यकाका सबै स्थानमा व्यवस्थित रुपमा चलाउने तयारी भइरहेको बताउछन्। कसरी रुट व्यवस्थापन गर्ने भनी १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले गृहकार्य गरिरहेको विभागले जनाएको छ।

मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सडक कस्तो छ, यात्रु कति छन्, कुनकुन समयमा कति सवारी चाहिन्छ भन्ने अध्ययन भइसकेको छ। नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले यो अध्ययन गरेको हो। अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई पठाइएको विभागले जनाएको छ। बाँकी तीन विकास क्षेत्रमा यस्तै अध्ययनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको उनले बताए।

उपत्यकामा एसियाली विकास बैंकको सहयोगमा यस्तै अध्ययन गरी २६६ रुटबाट ६६ मा झार्ने प्रतिवेदन प्राप्त भएको विभागले जनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते विभागले नयाँबसपार्क–सामाखुसी–रत्नपार्क–सिनामंगल रुटमा माइक्रोबस र टेम्पो हटाई १७ वटा ठूला बस चलाउने तयारी भएको छ । यो रुटमा दिगो यातायात प्रालिले सवारी चलाउने छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Karbahi Gar

    Comment Author

    Rudra Bahadur Karki

    जब समन सर्बजनिक यातायत को सरकार बेबस्ता गर्दैन तब समन सिन्डीकेट को अन्त हुनसकदै यो भनेको ब्यत्तीगत यातायत बेबस्ता हो यदि सरकार ले जनता लाइ सस्तो र सजिलो सुबिदा दिनेहो भनि सर्बजनिक सुबीदा दिनुपर्छ गरिब जनता लाइ रोजगारी दिनेहो भनि संपुण जनता लाइ आफ्नो अर्थीकी छमता अनुसार को यातयात सुबिदा को प्रमेट लागुगर्ऩ पर्छ सतिमी हटाएर मात्र सिन्डीकेट खत्महुदैन

    Comment Author

    Durga Begha

    हटाउने काम गरेको होइन त्यो ठाउमा नया अलि धेरै नेता लाई कमिसन दिने परिवर्तन गरेको हो अहिले तेस्तै देखिदै छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन
हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह
चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण
चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण
५, ६, ७ मा एमाले विजयी  ; बनेपा
५, ६, ७ मा एमाले विजयी ; बनेपा
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com