भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
भारतका दोस्रो चरणको निर्वाचनमा मतदान जारी

सारांश

  • बीबीसी।
  •   भारतमा लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमो मतदान सुरु भएको छ।
  • बिहीबार १२ राज्य र एक केन्द्र शासित प्रदेशको ९६ लोकसभा सिटकालागि मतदान भइरहेको छ।
_106491370_gettyimages-1136334144.jpg
बीबीसी।  भारतमा लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणमो मतदान सुरु भएको छ। बिहीबार १२ राज्य र एक केन्द्र शासित प्रदेशको ९६ लोकसभा सिटकालागि मतदान भइरहेको छ।
दोस्रो चरणको निर्वाचनमा असम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडू, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका लोकसभा सिटकालागि मतदान भइहरहेको हो।
तमिलनाडूको वेल्लोर सीटकालागि हुने दोस्रो चरणको निर्वाचनमा निर्वाचन अयोगको सिफारिसमा राष्ट्रपतिले रद्द गरेका छन्। यसैगरी त्रिपुराको एक सिटमा पनि आज हुने मतदान कानुनी व्यवस्थाका कारण रद्द गरिएको छ। यसकारण दोस्रो चरणका कुल ९५ सिटकालागि मतदान भइरहेको छ।
मतगणना भने सातै चरणको निर्वाचन सम्पन्न भएपछि २३ मेबाट हनेछ। यसअघि गत बिहीबार पहिलो चरणको निर्वाचन अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशको ९१ सिटकालागि मतदान भएको थियो।
निर्वाचन आयोगका अनुसार केही छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। चुनावी प्रक्रिया पूरै ३९ दिनसम्म जारी रहनेछ।
यद्यपी यो भारतको सबैभन्दा लामो चुनाव भने होइन। भारतको सबैभन्दा लामो चुनाव पहिलो आम चुनाव थियो। स्वतन्त्र भारतको पहिलो चुनाव २५ अक्टुबर १९५१ मा सुरु भएको थियो र २१ फेब्रअरी १९५२ सम्म चलेको थियो। त्यो बेला करिव ३ महिनासम्म चुनावी प्रक्रिया चलेको थियो।
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ मतदान?
कुल सिट ९५
असम : ५
बिहार : ५
छत्तीसगढ : ३
जम्मू–कश्मिर : २
कर्नाटक : १४
महाराष्ट्र : १०
मणिपुर : १
ओडिशा ::५
पद्दुचेरी : १
तमिलनाडू : ३८
उत्तर प्रदेश : ८ 
पश्चिम बंगाल : ३
दोस्रो चरणको कयौं सिटमा विभिन्न दलका चर्चित नेताको परीषा हुँदैछ। यी मध्ये मथुरा निर्वाचन क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। यहाँ भाजवा उम्मेद्वार एवं अभिनेत्री चुनावी मैदानमा छिन्। उनी यसअघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन्। उनी विरुद्ध आरएलडीका कुँवर नरेन्द्र सिंह र कांग्रेसका महेश पाठक चुनावी मैदानमा छन्।
विहारमा दोस्रो चरणमा जुन पाँच निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ, ती मध्ये कटिहार निर्वाचन क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। यहाँबाट कांग्रेस सांसद तारिक अनवर मैदानमा छन्। तारिक अनवर केही समय अगाडि मात्रै एनसीपी छोडेर कांग्रेसमा प्रवेश गरेका थिए।
बिहारकै किशनगंज सिटमा पनि सबैको ध्यान केन्द्रित भएको छ। करिव ६७ प्रतिशत मुस्लिम मतदाता रहेको यो निर्वाचन क्षेत्र कांग्रेसको गढ मानिदै आएको छ। तर पहिलो पटक खसदउद्दीन ओवैसीको पार्टी अल इण्डिया मजलिस इत्तेहादुल मुस्लिमीनका उम्मेद्वारले कांग्रेस उम्मेद्वारलाई कडा टक्कर दिने अनुमान गरिएको छ।
यदि आवैसीले यो निर्वाचन क्षेत्रमा जित हासिल गर्यो भने हैदराबाद भन्दा बाहिर लोकसभामा उनको यो पहिलो जित हुनेछ। तमिलनाडूको शिवगंगाबाट पूर्व अर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदम्बरमले आफ्नो भाग्यको परीक्षण गरिरहेका छन्। यो निर्वाचन क्षेत्रबाट पी चिदम्बरम सात पटक निर्वाचित भइरहेका छन्। गत आम निर्वाचनमा कार्तिले यहाँबाट निर्वाचन हारेका थिए।
श्रीनगर निर्वाचन क्षेत्रबाट नेशनल कान्फ्रेन्सका नेता फारुक अब्दुल्लाह चुनाव लडिरहेका छन्। दोस्रो चरणको निर्वाचनमा कांग्रेसका उत्तर प्रदेशका अध्यक्ष राजप. बब्बरको भाग्यको पनि फैशला हुनेछ। उनी फत्तेहपुरको सिकरी निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
रमाइलो टेलिभिजनमा यसरी इतिहास रच्दै विश्वका कान्छा पत्रकार सुजन
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु
कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो
कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस
ट्याक्सी मिटरमा जान नमानेमा १०३ मा फोन गर्नुस्, ९८५१२९५१०० मा एसएमस

तपाईंले छुटाउनुभयो कि?