एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा

सारांश

  • काठमाडौं।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहोल तातिएको छ।
  • निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा (आरके) सोमबार साँझ काठमाडौँ आइपुगेका छन्।

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहोल तातिएको छ। निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा (आरके) सोमबार साँझ काठमाडौँ आइपुगेका छन्। शर्मा काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन्।

स्वागतका लागि शर्माको टीममा रहेका उम्मेदवारदेखि मतदाता र अभियन्ताहरु एयरपोर्ट पुगेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू नेतृत्वमा पुगेमा एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाए। यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्तासहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए।

वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको उल्लेख गर्दै शर्माले भने एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताए। ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिलाइ भइसकेको छ। एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ’, उनले भने। अबको एक दशक जति दुख गरेर भएपनि देशको आर्थिक क्रान्तिमा होमिनुको विकल्प नभएको उनको भनाइ छ।

उनले एनआरएनएलाई एकताबद्ध बनाएर लैजाने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै भने, ‘एनआरएनए सबैको साझा चौतारी हुनुपवर्छ। धनीको मात्रै संस्था भयो भन्ने आरोप पनि छ। सबै यो संस्थामा समेट्ने गरी एनआरएनएलाई एकताबद्ध बनाउँछु।’

उनले एनआरएनए अभियानकै क्रममा आफूले केही महिनामा विश्वका ४० वटा देश पुगेको भन्दै सो क्रममा विदेसिएका नेपालीहरुको पिरमर्कालाई राम्ररी बुझ्ने मौका पाएको बताए।

शर्मासँगै एयरपोर्टमा एनआरएनए आईसिसी उपाध्यक्ष एबं आगामी अधिवेशनमा उपाधयक्षका उम्मेदवार रोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष नबिन न्युरेसहितका पदाधिकारीलाई स्वागत गरिएको थियो। शर्मालाई स्वागत गर्न एनआरएनए उपाध्यक्ष डिबी क्षेत्री, कोशाध्यक्ष लोक दाहाल, युवा संयोजक अब्दुल बासिद, अभियन्ता शनि ओली, बिभिन्न देशका एनआरएन अभियन्ताहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ। विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि हालसम्म शर्मासहित बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीसमेतले उम्मेदवारी घोषणा गरेका छन्। हालसम्म उम्मेदवारी घोषणा गरेकामध्ये शर्मा बलिया उम्मेदवार मानिएका छन्।

केही साताअघि कतारमा आयोजित कार्यक्रमबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका शर्माले सो क्रममा ‘२४ महिना २४ कार्यक्रम’ नाम दिइएको बाचापत्रमा सार्वजनिक गरेका थिए । बाचापत्रमा उनले एनआरएनहरूबीच एकतालाई पहिलो प्राथमिकता दिएका छन्।

उनले भनेका छन्, ‘मेरो नेतृत्वमा आईसीसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु। मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ। यो मेरो पहिलो प्रतिबद्धता हो।’ अहिले एनआरएनए दुई वटामा विभक्त छ। उनले एनआरएनएलाई एक बनाउँदै अघि बढाउने प्रमुख एजेण्डाका रुपमा अघि सारे पछि एनआरएनए अभियन्ताहरुले महत्वका साथ हेरेका छन्। जुन कुरालाई सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुनः दोहोर्याएका छन्।

उनले गैरआवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि काम गर्ने पनि बाचा गरेका छन्। बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन्।

यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन्। श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपाली मैत्री बनाउन पहल गर्ने शर्माको योजना छ।

अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन्। यस्तै, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन्।

‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ। यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ।

यस्तै, सांगठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन्।

देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो–तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्नेलगायतका शर्माले गरेका छन्।

शर्मा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा संलग्न छन् । उनी एनआरएनएको हालका उपाध्यक्ष समेत हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
विद्यालयका प्रिन्सिपलले  महिलालाई बलि दिने प्रयास गरे पछि …
विद्यालयका प्रिन्सिपलले महिलालाई बलि दिने प्रयास गरे पछि …
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
युएईले हङकङलाई दियो १७७ रनको चुनौती
युएईले हङकङलाई दियो १७७ रनको चुनौती
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग

तपाईंले छुटाउनुभयो कि?