शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सुरु

सारांश

  • ५ कात्तिक, काठमाडौं ।
  • आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार विहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सुरु भएको छ ।
  • पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार विहान १० बजेदेखि नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरूपमा सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ वटा निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा चुनाव हुँदै छ ।
बाँकी ४५ जिल्लामा आगामी मंसिर २१ गते निर्वाचन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग
भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
नम्रता श्रेष्ठलाई फेरि सेक्स भिडियो काण्डको त्रास !
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
१२१ सुन्दरीलाई पछाडी पार्दै शृङ्खला मिस वर्ल्ड २०१८ को सेमिफाइनलमा
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन