एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा

सारांश

  • काठमाडौं, माघ २५ ।
  • एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर बिभिन्न अफर ल्याएको छ ।
  • भ्यालेन्टाइन डेको अवसरमा १५ दिनका लगि असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको हो ।

काठमाडौं, माघ २५ । एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर बिभिन्न अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा १५ दिनका लगि असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको हो ।

उक्त डाटा प्याक आज बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने छ । प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् । यो भ्वाइस प्याक २४ घण्टाको लागि मान्य हुनेछ ।

भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?