प्रचण्डले किन देख्न थाले नराम्रो संकेत?
सारांश
- काठमाडौं।
- निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएको भोलिपल्ट शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले पछिल्ला घटनाक्रमहरुको नराम्रो संकेत देखा परेको बताए।
- सत्तामा पुगेपछि कम्युनिष्टहरु लोभ र भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको उनले बताएका थिए।
काठमाडौं। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएको भोलिपल्ट शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले पछिल्ला घटनाक्रमहरुको नराम्रो संकेत देखा परेको बताए।
सत्तामा पुगेपछि कम्युनिष्टहरु लोभ र भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको उनले बताएका थिए। प्रचण्डले सत्तामा नपुग्दा सम्म ठूलो त्याग र तपस्या गर्न सक्ने सामर्थ राख्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भने आदर्शबाट बिचलित हुने गरेको बताए। ‘सत्तामा नहुँदा, आन्दोलनमा हुँदा निकै ठूलो त्याग गर्न सक्ने तपस्या गर्न सक्ने जनतासँग घुलमिल हुन सक्ने जनता जहाँ बस्छन त्यहिं, जे खान्छन त्यहि, जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्छन्’, उनले भने ।
विश्व इतिहासमा पनि आदर्शबाट बिचलिन भएका घटनाहरु रहेको र नेपालमा पनि त्यसको लक्षण देखिन थालेको उनले बताए। उनले अगाडि भने, ‘जनताको मन जितेर सत्ता प्राप्त गर्ने तर सत्ता प्राप्त गरेपछि कम्युनिष्ट पार्टीले कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै विश्व इतिहासमा छन्। नेपालको इतिहासमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन्।’ प्रचण्डले सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताए।
हिजो मृत्युलाई पनि सामना गरेर कठिन तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए । उनले भने, ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचार जन्य कृयाकलापहरु देखिन जाने हिजो मृत्युलाई सामाना गरेर जस्तोसुकै तपस्या गर्न पनि तयार हुने त्याग गर्न पनि तयार हुने प्रतिकृयावादिका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्नेमान्छेहरु साशन हातमा आइसकेपछि विस्तारै तिनिहरुनै अर्कै अर्कै जनताबाट अलिकति कटेको जस्तो, भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने जुन बिडम्बना हामीले बिसौं सताब्दीमा देखियो सबैभन्दा बढी ।’
प्रचण्डले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए । उनले भने, ‘यसो हे¥यो भने हाम्रो पनि त्यही नियती । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोली यसो घटना हे¥यौं मान्छेहरु बिग्रने विग्रनेतिर गएको जस्तो देखिदै छ ।’
बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्टसँग कमिसन लेनदेनको बार्गे्निङ सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि अख्तियारले पनि आफ्नो अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया