रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
२४ पटक हेरिएको
Shares
रायमाझीलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
  • काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।

उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाढुंगा निकालेर छोडिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
चट्याङबाट डोटीमा दुई बालकको मृत्यु
चट्याङबाट डोटीमा दुई बालकको मृत्यु
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
बम विष्फोटबाट राजमार्गमा क्षति
बम विष्फोटबाट राजमार्गमा क्षति
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
‘कुरै नबुझी जंगिए मन्त्री’ ! ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्नु पर्दैन : मन्त्री पण्डित

तपाईंले छुटाउनुभयो कि?