डीपीएल– २ मा घरेलु टोली टिम चौराह काठमाडौं गोल्डेन्सबाट पराजित
सारांश
- काठमाडौं, १७ चैत ।
- अमित श्रेष्ठले सानदार पारी खेलेपछि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल०–२ मा काठमाडौं गोल्डन्सले घरलु टोली टीम चौराह धनगढीलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
- उदघाटन खेलमा शनिबार धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट अमित श्रेष्ठले ८१ रनको पारी खेलेपछि काठमाडौंले ९ बल अगावै ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।
काठमाडौं, १७ चैत । अमित श्रेष्ठले सानदार पारी खेलेपछि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल०–२ मा काठमाडौं गोल्डन्सले घरलु टोली टीम चौराह धनगढीलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उदघाटन खेलमा शनिबार धनगढीले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट अमित श्रेष्ठले ८१ रनको पारी खेलेपछि काठमाडौंले ९ बल अगावै ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।
६५ बलको सामना गरेका अमितले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै उसका नरेश बुढाऐरले २४, जयकिसन कोल्सावालाले १६ रनको पारी खेले । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । उसका ओपनर सुनिल धमलाले ५७ बलमा ६८ रनको अर्धशतकीय पारी खेलेका थिए । सो क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, धनगढीका शंकर रानाले ३६ रन जोडे । राजु रिजाल ११ र योगेन्द्रसिंह कार्की ५ रनमा नटआउट रहेका थिए ।
धनगढीलाई सो स्कोरमा रोक्न काठमाडौंका सहाब आलमले ह्याट्रिक गरेका थिए । ४ ओभर बलिङ गरेका सहाबले २३ रन खर्चेका थिए । उनले १८ औं ओभरको तेस्रो बलमा सुनिल धमलालाई विकेट किपर जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराएका थिए । यस्तै चौथो बलमा सहाबले भर्खरै क्रिजमा आएका धनगढीका कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने पाँचौ बलमा उनले सोनु तामाङलाई फेरि ज्ञानेन्द्रकै हातबाट क्याच गराएका थिए। काठमाडौंका किशोर महतो, सन्नी पटेल र रासिद खानले पनि समान १ विकेट लिए ।
Krishna Shahi
अबको बिस्वक्प मा जाने तिम पारस अमीत सुनिल रोहित दिपेन्द्र करन सन्दिप सोम्पाल वसन्त ललित