हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

सारांश

  • न्युयोर्क ।
  • भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ ।
  • भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

न्युयोर्क । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरेका थिए । भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पु¥याउन सहायता रकम उपयोग हुने बताइएको छ ।

विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो । विशेषगरी यो भाषा भारतमा बोलिन्छ भने अन्य राष्ट्रमा पनि यो भाषा बोल्नेहरू छन् । भारतले संयुक्त राष्ट्रसङ्घमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दी भाषीलाई विश्वव्यापी मान्यता दिनु हो ।

राष्ट्रसङ्घको ‘मल्टिमिडिया प्लेटफर्म’ बाट हिन्दी भाषामा समाचार, विचार, विश्लेषणलगायत सामग्री प्रकाशन एवम् प्रसारण भएपछि हिन्दी भाषीहरूलाई अन्तरराष्ट्रिय विषयमा बुझ्न र त्यसबारेका बहसहरूमा अझ सक्रिय रूपमा भाग लिन तथा अन्तरराष्ट्रिय समुदायमा थप समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने भारतको स्थायी नियोगले जनाएको छ ।

नियोगका अनुसार बहुल संस्कृति र समूहमा सञ्चार गर्न तथा आपसी समझदारीलाई बढावा दिने प्रयासस्वरुप राष्ट्रसङ्घलाई अनुदान रकम उपलव्ध गराइएको हो । भाषिक समावेशीकरणका माध्यमबाट विविधतापूर्ण र समान संस्कृतिको प्रवद्र्धनका साथै विभिन्न भाषिक समूहबीचको खाडललाई कम गर्दै हिन्दी भाषी जनसङ्ख्यालाई बलियो बनाउँने तथा विश्वव्यापी घटनाहरूमा उनीहरूको सक्रिय संलग्नतालाई बढाउने नियोगको विश्वास छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
आइतवार १७४१ कोरोना संक्रमित थपिए
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने
आजदेखि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेरिने
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा