स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने

सारांश

  • काठमाडौं ।
  •  सुशील कोइराला मेमोरियल फाउण्डेसनले संविधान दिवसका अवसरमा ‘स्थानीय तहको  निर्वाचन र संविधानको कार्यान्वयन’ बिषयमा राष्ट्रिय वैचारिक छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
  • देशका सबै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको सन्दर्भमा यसको वैचारिक छलफल र समीक्षा हुनुले बृहत् शान्ति प्रक्रियाको पूर्णताका लागि पनि सहयोग पुग्ने ठानेर फाउण्डेसनले यस्तो कार्यक्रम आयोजना गर्न लागेको थाहा भएको छ ।

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेसनले संविधान दिवसका अवसरमा ‘स्थानीय तहको  निर्वाचन र संविधानको कार्यान्वयन’ बिषयमा राष्ट्रिय वैचारिक छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

देशका सबै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको सन्दर्भमा यसको वैचारिक छलफल र समीक्षा हुनुले बृहत् शान्ति प्रक्रियाको पूर्णताका लागि पनि सहयोग पुग्ने ठानेर फाउण्डेसनले यस्तो कार्यक्रम आयोजना गर्न लागेको थाहा भएको छ ।

प्रथम राष्ट्रपति डा.रामबरण यादवको मुख्य आतिथ्यतामा हुने छलफलमा प्रमुख दलका अध्यक्षहरु र पूर्व प्रधानमन्त्रीहरु सहभागी हुने निश्चित भएको फाउण्डेसन सचिवालयले जनाएको छ । छलफलमा संविधानविद्हरुले स्थानीय तहको निर्वाचन र संविधानको कार्यान्वयनकाबारेमा बिचार प्रस्तुत गर्ने कार्यक्रम छ ।

यही असोज ६ गते आर्मी अफिसर्स क्लबमा आयोजना गरिने छलफलमा फाउण्डेसनका अध्यक्ष तथा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले समसामयिक राजनीति र संविधान कार्यान्वयन सन्दर्भमा बृहत् चर्चा गर्ने कार्यक्रम रहेको बताईएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले संविधानमा मानव अधिकारको स्थान र अवस्थाबारे प्रष्ट्याउने कार्यक्रम रहेको छ । कार्यक्रममा कुटनीतिक नियोगका प्रतिनिधि,नीजि क्षेत्र,पेशागत संघ संस्था र विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहने सचिवालयले जनाएको छ ।

वर्तमान संविधान निर्माण र घोषणामा महत्वपूर्ण भूमिका निभाएका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व  सभापति सुशील कोइरालाको स्मृतिमा स्थापना भएको फाउण्डेसनले देशका प्रमुख एजेण्डामा बृहत छलफल गर्ने सिलसिलामा यो कार्यक्रमको आयोजना गर्न लागेको सदस्य सचिब अतुल कोइरालाले बताएका छन् । फाउण्डेसनले एक स्वतन्त्र वैचारिक मञ्चका रुपमा राष्ट्रिय सरोकारका बिषयहरुमा भविष्यमा छलफल बहस र विविध क्रियाकलाप गर्दै जाने उद्देश्य रहेको कोइरालाले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा यो फाउण्डेसनका संरक्षक हुन् । फायल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?