एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
सारांश
- काठमाण्डौ ।
- दोश्रो चरणको निर्वाचनको मत परिणाम आइरहेको बेला एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच आइतबार एक्कासि टेलिफोन वार्ता भएको छ ।
- टेलिफोन वार्तामा आगामी असोज २ गते तोकिएको २ नम्बर प्रदेशको चुनावमा राजपाको सहभागिता र संविधान संशोधनको विषयमा छलफल भएको बताइएको छ ।
काठमाण्डौ । दोश्रो चरणको निर्वाचनको मत परिणाम आइरहेको बेला एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच आइतबार एक्कासि टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा आगामी असोज २ गते तोकिएको २ नम्बर प्रदेशको चुनावमा राजपाको सहभागिता र संविधान संशोधनको विषयमा छलफल भएको बताइएको छ ।
वार्तामा एमाले अध्यक्ष ओलीले राजपाको चुनावको सहभागिताबारे संयोजक ठाकुरसँग सुनिश्चिता खोजेको बताइएको छ । टेलिफोन वार्तामा अध्यक्ष ओलीले राजपा चुनावमा आउने ग्यारेन्टी भए एमालेले संविधान संशोधनमा लचकता अप्नाउने बताएको श्रोतको दाबी छ । अध्यक्ष ओलीले आफ्नो पार्टी एमालेबिना संविधान संशोधन हुनै नसक्ने जिकिर गर्दै राजपाले चुनावमा जाने ग्यारेन्टी गर्नुपर्ने भन्दै यदि त्यसो हुन नसके संशोधन पनि हुन नसक्ने स्पष्ट पार्नुभएको श्रोतले बताएको छ ।
प्रतिक्रिया