चर्चमा पादरीले नै गर्छन् यौन हिंसा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
चर्चमा पादरीले नै गर्छन् यौन हिंसा

सारांश

  • अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौन हिंसा सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ ।
  • पेनसिलभेनियाको सर्वोच्च अदालतले गठन गरेको विस्तुत जुरीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।
  • अदालतले सार्वजनिक गरेको प्रतिवेदनमा यौन हिंसामा संलग्न भएको आरोप लागेका तीन सय भन्दा बढी पादरीको नाम पनि उल्लेख गरिएको छ ।

अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौन हिंसा सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक भएको छ । पेनसिलभेनियाको सर्वोच्च अदालतले गठन गरेको विस्तुत जुरीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । अदालतले सार्वजनिक गरेको प्रतिवेदनमा यौन हिंसामा संलग्न भएको आरोप लागेका तीन सय भन्दा बढी पादरीको नाम पनि उल्लेख गरिएको छ ।

पेनसिलभेनियाका क्याथोलिक चर्चमा पछिल्लो ७० वर्षमा एक हजार भन्दा बढी बालिबालिकामाथि यौन हिंसा भएको विस्तुत जुरीले गरेको अनुसन्धानबाट खुलेको छ ।यौन हिंसाका घटनालाई क्याथोलिक चर्चले व्यवस्थित रुपमा ढाकछोप गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । विश्वभरका क्याथोलिक चर्चमा यौन हिंसा हुने गरेको आरोप रहेको छ । पेनसिलभेनियाको प्रतिवेदन त्यसकै पछिल्लो प्रमाण हो । विस्तृत जुरीले १८ महिना लगाएर गरेको अनुसन्धानको प्रतिवेदन मंगलबार सार्वजनिक भएको हो । यौन हिंसा भएका केही बाहिर आउन नचाहेकाले अवस्था अझै भयावह हुन सक्ने जुरीले बताएको छ ।

हिंसामा पर्नेमा साना बालक तथा बालिका र किशोर–किशोरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरुलाई क्याथोलिक चर्चका पादरीले यौन शोषण गरेका हुन् ।चर्चका नेतृत्वकर्ताले पीडितको कुरा नसुन्ने र पीडक तथा चर्चलाई जोगाउनका लागि व्यवस्थित रुपमा घटनाको ढाकछोप गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेतृत्वले नै ढाकछोप गरेकाले धेरै घटना कारबाही प्रक्रियामा लैजानका लागि योग्न नरहेको तर अनुसन्धान जारी राख्दा अझै यस्ता धेरै घटना बाहिर आउने जुरीका सदस्यले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
राप्रपा नेपाल अध्यक्ष कमल थापाले हारे, अब के होला उनको राजनिति भविश्य र मुद्दा ?
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे
कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
गाईघाटमा चोरीको घटना बढ्दो
गाईघाटमा चोरीको घटना बढ्दो
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ

तपाईंले छुटाउनुभयो कि?