एमाले छोडेका काङमाङ फोरम हुँदै फर्किए माओवादी केन्द्रमा, फोरममा भूइँचालो
सारांश
- काठमाडौँ ९ चैत ।
- सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ कम्युनिष्ट पार्टीमै फर्किएका छन् ।
- एमाले त्यागेर सङ्घीय समाजवादी फोरम नेपाल बनाएका काङमाङसहितका केही नेताहरु शुक्रवार (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् र उनीहरूलाई पार्टी मुख्यालयमा पेरिसडाँडामा अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।
काठमाडौँ ९ चैत । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ कम्युनिष्ट पार्टीमै फर्किएका छन् । एमाले त्यागेर सङ्घीय समाजवादी फोरम नेपाल बनाएका काङमाङसहितका केही नेताहरु शुक्रवार (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् र उनीहरूलाई पार्टी मुख्यालयमा पेरिसडाँडामा अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।
एमाले छोडेका अजम्बर राई काङमाङ एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि फेरि एमालेमै फर्किएजस्तो हुनेछ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै काङमाङले संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने तर आन्दोलनको बाटो समात्ने कुरा असैद्धान्तिक र अव्यवहारिक हुने भएकोले पार्टी त्याग गरेको बताए ।
अध्यक्ष प्रचण्डले कार्यक्रममा निःशर्त पार्टी प्रवेश गरेको बताएका राईलाई पार्टीले उचित जिम्मेवारी दिने बताएका थिए । उनले शनिबार केन्द्रीय कार्यलयको विस्तारित बैठक बस्ने जानकारी गराउँदै उचित जिम्मेवारी प्रदान गर्ने बताए ।
एमाले केन्द्रीय सदस्य काङमाङले तत्कालीन उपाध्यक्ष अशोक राईसहित पार्टी त्यागेका थिए । त्यसपछि बनेको सङ्घीय समाजवादी नेपालमा उनी उपमहासचिव थिए । सङ्घीय समाजावादी फोरम नेपाल निर्माण भएपछि उनी केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका थिए ।
४० सालताका तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीति सुरु गरेका काङमाङ एमाले निकट तत्कालीन प्रजातान्त्रिक युवासंघको अध्यक्ष भएका थिए । २०६५ को आठौँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका अजम्बरले २०६९ मा एमाले परित्याग गरेका थिए ।
Limbu See Ree
भोली फेरी काँग्रेस मा छिर्ला…!
Mohan Kayasta
Chodnele chhodchhan Marne marejhain .
Prem Raj Giri
कस्तो अादाे नेतारछ माअाेबादि सकिनेकुरा पनि थाहा पाऐनछ
Dipendra Yadav
Rukh baat 2/4 aap jhardai ma kunai farak pardain hola
Lal Singh Lal
Bdhaex hjurlae
Padam Magar
dahi cheure vaneko yesto lai vanxa thulo vak pauxaki vanera uta gako thiyo hola na payera yeta aaunu saram le uta gako ni
Bakhatraj Chemjong
Kosle vnda vuichalo gyo . Khi ni hune xaina
Bhukamba Sharma
Chakadai chakhadai hedeko ramro hoin khana na par hedeko jhai vayo ni …
Birendra Bahadur Malla
Ramro garnu bhayo kamred
Raju Nepal
Paajii amale ma chhirnu parne maobadi dhikar hos
Rupesh Kusiyait
बधाई छ कमरेड
Gopal Sedai
Jindagi ma k nai garchhau ra vat mara haru
Babubhai PC
Kangmangji abhibadan hami ekai thauma hune bhaeu feri.
Umesh Ghimire
स्वागत छ