मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..

सारांश

  • मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ ।
  • इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
  • ¥यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।¥यालीमा चेलीबेटी बेचबिखन मुक्त देश बनाउनुपर्ने सचेतनामूलक नारा लेखिएका प्ले कार्डसहितको जनसहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जानकारी दिने सचेतनामूलक पर्चा वितरण गरिएको थियो । झापाको काँकडभिट्टा मानव बेचबिखनको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै मातहतमा रहेका सुरक्षाकर्मीलाई चखानो भएर काम गर्न प्रदेश नम्बर– १ का प्रहरी प्रमुख ज्ञवालीले निर्देशन दिनुभएको थियो ।
आज झापा चन्द्रगढी, विर्तामोडलगायतका क्षेत्रमा समेत मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन
राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
कांग्रेस सबैभन्दा अगाडि, दोस्रोमा राजपा नेपाल
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?
टुंगो लाग्या सत्ता गठबन्धनबीच सिट बाँडफाँट, कांग्रेसलाई ८६, अरू दललाई कति ?

तपाईंले छुटाउनुभयो कि?