बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १८, २०७७
|
|
४२ पटक हेरिएको
Shares
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता

सारांश

  • बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।
  • नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
  • बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ ।

नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।

घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ । “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले भने ।

घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गएराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् । रासस

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
उपराष्ट्रपति यादवद्वारा पदबहाली
उपराष्ट्रपति यादवद्वारा पदबहाली
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
सर्वोच्चमा बढ्यो भाँडभैलो
सर्वोच्चमा बढ्यो भाँडभैलो
कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित
कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
निर्मला पन्त प्रकरण: अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिएकाे खुलाशा