प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !

सारांश

  • जनयुद्धले एक राजाको तन्त्र (शासन) हटाएर बहुराजा तन्त्र(शासन) ल्याएको हुनाले जनयुद्ध मूख्य रुपमा पराजित भएको छ ।
  • नेपालमा सयौं वर्ष देखि चलिआएको एकराजातन्त्रलाई पराजित गर्न सक्ने जनयुद्ध अन्तमा गएर बहु राजातन्त्र स्थापना गरी पराजीत हुनुको एक प्रमुख कारण रक्सी (मदिरा) पनि हो भन्दा कतिपयलाई पत्याउन गाह्रो हुन सक्दछ ।
  • तर, वास्तविकता यही हो ।

जनयुद्धले एक राजाको तन्त्र (शासन) हटाएर बहुराजा तन्त्र(शासन) ल्याएको हुनाले जनयुद्ध मूख्य रुपमा पराजित भएको छ । नेपालमा सयौं वर्ष देखि चलिआएको एकराजातन्त्रलाई पराजित गर्न सक्ने जनयुद्ध अन्तमा गएर बहु राजातन्त्र स्थापना गरी पराजीत हुनुको एक प्रमुख कारण रक्सी (मदिरा) पनि हो भन्दा कतिपयलाई पत्याउन गाह्रो हुन सक्दछ । तर, वास्तविकता यही हो ।

अहिलेको व्यवस्थालाई सङ्घीय गणतन्त्र भनिए पनि यो जनताको वास्तविक गणतन्त्र होइन भन्ने तथ्य प्रमाणित भैरहेको छ र यो व्यवस्था ‘बहुराजातन्त्र’ हो भन्ने कुरा जनतामा अब स्पष्ट भैसकेको छ । ठुला दलहरूका केही ठुला नेताहरू र शासन संयन्त्रमा रहेका केही ठुलाबडाहरू नयाँ राजा बनेका छन् । उनीहरूलाई संविधान, ऐन कानुन आदि केही लाग्दैन । स–साना भ्रष्टाचार गरेर छोराछोरीको पेट पाल्न खोज्नेहरू यहाँ जेल जाने गर्छन् तर यी ठुला भ्रष्टाचारीहरूलाई कसैले केही गर्न नसक्ने नयाँ राजा बनेका छन् ।

यहाँ विषय हो– शक्तिशाली राजालाई पराजीत गर्न सक्ने जनयुद्ध किन आफै पराजीत भयो ? यसका अनेकौँ कारणहरू छन् र त्यसमध्ये एक प्रमुख कारण रक्सी (मदिरा) पनि हो ।

जनयुद्ध शुरुवातकै दिन पनि एक नहुनुपर्ने घटना शुरु भएको थियो । जनयुद्धको शुरुवात गरिएको दिन अर्थात ०५२ फागुन १ गते मेरो जिम्मा सिन्धुली जिल्लाको प्रशिद्ध सिन्धुलीगढीमा रहेको एक प्रहरीचौकीमा आक्रमण गरी कब्जा गर्नु थियो । तयारीका सक्दो सबै कामहरू गरेर हामी अघिल्लो दिन अर्थात् माघ २९ गते सोमबार राती नै सिन्धुलीको अमलेबाट सिंघुलीगढीतर्फ हिँड्यौँ । सिन्धुलीगढी डाँडा उक्लने ठाउँको एक सानो गाउँमा हरिबोल गजुरेलले केही खाजा खाने व्यवस्था मिलाउनुभएको रहेछ । उहाँले म र मणि थापाजीलाई एक सानो कोठामा खाजाको व्यवस्था मिलाएर अरु साथीहरूलाई अरु कोठा र तल आँगनमै खाजाको व्यवस्था मिलाउनुभएको रहेछ ।

किन हामीलाई मात्र अलग गरियो भन्ने शङ्का लागे पनि शुरुमै केही भनिएन । तर जब हिँड्ने बेलामा साथीहरूका बोली लर्बरिएको र गोडा पनि अलि बाङ्गो–बाङ्गो बनाएर हिँडेको देखेपछि शङ्का लागेर शेरमान कुँवरजी र महेन्द्र श्रेष्ठजी (दुबै पछि शहिद हुनुभयो)लाई सोध्दा बल्ल थाहा भयो कि हरिबोल गजुरेलजीले त अरु सबैलाई रक्सीको व्यवस्था गर्नुभएको रहेछ । नखाने दुई जना म र मणिजी मात्र रहेछौँ, त्यसैले हामी दुई जनालाई अलग गरिएको रहेछ । त्यसबेला हरिबोलजी स्वयम्को बोली लर्बराइरहेको थियो ।

हिसिलालाई रक्सीको नशा यति लागेको रहेछ कि प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याउन सक्ने भइसकेकी थिइन् । प्रचण्डहरू लगायत रक्सी खाने केन्द्रिय नेताहरूलाई रक्सीमाथिको प्रतिवबन्ध अभियानले पेट पोलेकै थियो । तसर्थ प्रचण्डले बाबुराम र हिसिलालाई भित्रभित्रै उचाल्न थालेछन्, यो रक्सीविरोधी अभियान ठिक भएन भनेर ।

प्रहरी चौकी कब्जाको मुख्य टोलीको कमाण्डर म, तर मलाई पनि हरिबोलजीले रक्सी पिउने–पिलाउने कुरा थाहा नदिइकन यो काण्ड मच्चाउनुभएको थियो । अब समस्यामा म परेँ । रक्सी पिएर लर्बराएका साथीहरू लिएर कसरी चौकी आक्रमण गर्ने ? एक जनाले मात्र पनि अनुशासन पालना नगरेमा सबै साथीहरूको ज्यान खतरामा पर्न सक्दथ्यो । त्यही अन्तिम बिन्दुमा गएर सबै साथीहरूका अगाडि हरिवोलजीसँग विवाद गरिरहनुको कुनै अर्थ थिएन । त्यसै बहानामा अन्तिम बिन्दुमा पुगेर पनि फर्कने गरि बबाल मच्चाउनुको अर्थ थिएन । इतिहासको त्यस घडिबाट फर्कन मन पनि थिएन । मैले सोचेँ कि जे–जे होला होला, अब अगाडि बढ्ने ।

हामी अगाडि बढ्यौँ । चौकी कब्जा सफल भयो, तर कब्जा भएपछि साथीहरूलाई सम्हाल्न गारो भयो । केही साथीहरू कब्जा भएका निहत्था प्रहरीहरूमाथि जाइलाग्न खोज्दै थिए, कुटपीट गर्न तम्सन थालेका थिए । मैले कडा शब्दमा निहत्थाहरूमाथि हात हालेमा ठिक नहुने चेतावनी दिएपछि बल्ल ती साथीहरू पछि हटे ।

चौकीवाहिरको घेरामा कुनै त्यस्तै सङ्कट परिआएमा भीड्नका लागि तथा चौकीबाहिर डेरा लिएर बस्ने प्रहरी कब्जामा लिन मणिजीको नेतृत्वमा एक टोली थियो । त्यस टोलीका एक जिम्मेवार सदस्यले भने मणिजीको उदार स्वभावको फाइदा लिएर आक्रमण शुरु भएपछि गाउँलेलाई गुहार माग्दै कराइ चिच्याइरहेका एक प्रहरीका परिवारलाई दुई झापड हानिहाल्नु भएछ । निहत्थाहरू, अझ त्यसमाथि महिलालाई झापड हान्नु, त्यो पनि जनयुद्धको शुरुवातको दिन, यो हाम्रो जनयुद्धको अनुशासनको गम्भीर उल्लंघन थियो । जबकि पार्टीको निर्णय जनयुद्धको शुरुवातको दिन प्रतिरक्षात्मक बाध्यकारी स्थितिमा बाहेक कसैलाई पनि हिंसा नगर्ने भन्ने थियो ।

जनयुद्धको शुरुवातको दिन हरिबोलजीको रक्सीकाण्ड र त्यसको परिणाम स्वरुप भएको प्रहरीका एक परिवारमाथिको दुई झापडले क्रान्ति सँगसँगै प्रतिक्रान्ति पनि शुरु भएको सङ्केत दिएको थियो । क्रान्तिको विकास सँगसँगै कार्ल माक्र्सले भन्नुभएझैँ प्रतिक्रान्तिले पनि विकास गर्न शुरु ग¥यो, त्यो पनि पार्टीभित्रै ठुला नेताहरूबाटै ।

जनयुद्ध शुरुवातभन्दा अगाडि प्रचण्ड, किरण (मोहन वैद्य) लगायतका नेताहरूले रक्सी पिएर पाटनका गल्लीहरूमा ढुल्मुलाउँदै हिँडेको यी आँखाहरूले देखेकै थियो । रक्सी पिएर उहाँहरू पाटन च्यासलको डेरामा झगडा गरेको पनि देखेकै हो । तर जनयुद्ध शुरुवातपछि उहाँहरू सच्चिनुहुनेछ भन्ने लागेको थियो, तर त्यसो भएन । आलोचना अलि कठोर रुपमा भएपछि उहाँहरूले रक्सी पिउन अलि कम गर्नुहुन्थ्यो तर आलोचना सेलाएपछि भने फेरि पहिलेकै तालमा लाग्नुहुन्थ्यो ।

महिला सङ्गठनको इन्चार्जको जिम्मेवारी मलाई दिइएपछि महिला सङ्गठनमार्फत रक्सी नियन्त्रण तथा निषेध अभियान देशव्यापी रुपमा चलाउने प्रस्ताव पारित गराई सर्कुलर गराएँ । यो अभियानले देशव्यापी आन्दोलनको स्वरुप लियो र गाउँ–गाउँमा बढी प्रभावकारी सावित भयो । गाउँका महिलाहरूले यस अभियानलाई विविध रुपले कार्यान्वयनमा लगे । माओवादी महिला सङ्गठन देशव्यापी रुपमा स्थापीत हुन थाल्यो । तर बाबुराम र हिसिला कम्पनीलाई भने यसले पीडा दिएको रहेछ । बाबुराम र हिसिलाको पीडा भनेको महिला नेतृको रुपमा हिसिलाभन्दा पनि अरु नयाँ–नयाँ नेतृहरू स्थापित हुन थालेकोले असह्य भैरहेको रहेछ ।

जनयुद्ध शुरुवातभन्दा अगाडि प्रचण्ड, किरण (मोहन वैद्य) लगायतका नेताहरूले रक्सी पिएर पाटनका गल्लीहरूमा ढुल्मुलाउँदै हिँडेको यी आँखाहरूले देखेकै थियो । रक्सी पिएर उहाँहरू पाटन च्यासलको डेरामा झगडा गरेको पनि देखेकै हो । तर जनयुद्ध शुरुवातपछि उहाँहरू सच्चिनुहुनेछ भन्ने लागेको थियो, तर त्यसो भएन ।

हिसिला जनयुद्ध शुरु हुने वित्तिकै महिला सङ्गठनबाट राजीनामा दिएर भारत भागेको भगौडा थिइन् । उनले राजीनामा दिएपछि अरु महिलालाई महिला सङ्गठनको जिम्मेवारी दिएर यो नयाँ रक्सीविरोधी अभियान चलाइएको थियो । अब महिला सङ्गठनको प्रशंसा हुन थालेपछि भने बाबुराम र हिसिला कम्पनीलाई पच्न गारो हुन थालेको थियो । साथै हिसिलालाई रक्सीको नशा यति लागेको रहेछ कि प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याउन सक्ने भइसकेकी थिइन् । प्रचण्डहरू लगायत रक्सी खाने केन्द्रिय नेताहरूलाई रक्सीमाथिको प्रतिवबन्ध अभियानले पेट पोलेकै थियो । तसर्थ प्रचण्डले बाबुराम र हिसिलालाई भित्रभित्रै उचाल्न थालेछन्, यो रक्सीविरोधी अभियान ठिक भएन भनेर ।

रोल्पामा भएको एक बैठकमा बाबुराम र हिसिलाले रक्सीविरोधी अभियान ठिक भएन भनेर विरोध र आलोचना कठोर रुपमा गरे । रक्सीले हाम्रो नेपाली समाज बिगारेको र महिलाहरू अझ पीडित बनेको भन्दै साथीहरूले अभियानको प्रतिरक्षा गरे । तर बाबुराम र हिसिलाले भने यो अभियानमा ज्यादति भएको भन्दै चर्काचर्की वहस गरे । मैले जनयुद्धमा पनि केही ज्यादति भएको छ भन्दैमा जनयुद्ध नै गलत भन्ने तर्क अरु दलहरूले गरेजस्तै यो अभियानमा पनि केही ज्यादति भएपनि सच्याउनु पर्ने तर अभियान भने ठिक हो भनि अभियानको बचाउ गरेँ ।

तर ‘पिनेवालों को पिने का वहाना चाहिए’ भनेझैँ रक्सी पिउनकै लागि पनि प्रचण्डलगायतका नेताहरूले भारतमा अड्डा जमाएर बसिरहे । उनीहरू नेपालमा चलिरहेको जनयुद्धको धरातलीय यथार्थबाट अलग हुँदै गए । जनयुद्धको विकासक्रममा देखापरेका समस्याहरू एकातिर, उनीहरूको सोच अर्कोतिर हुँदै गयो । फलस्वरुप जनयुद्धले ठुलो पराजय भोग्नु प¥यो । एउटा राजाले त कङ्गाल बनाएको देशलाई अब बनेका बहुराजाहरूले के गरिरहेका छन्, त्यो जनताका सामु प्रष्ट हुँदै गएको छ ।

(रवीन्द्र श्रेष्ठले लेखेका यो लेख मन परेकाले हामीले घटना र विचार साप्ताहिकबाट लिएका हौं । घटना र विचारमा ‘जनयुद्व सिध्याउने कारण– रक्सी’ भनेर हेडलाइन राखिएको छ । हामीले चाहिँ यसलाई परिवर्तन गरेर अर्कै राखेका हौं । संः )

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Jhanak Puri

    Shretha jyu Keti pani ek arko karan ho bhanxan ni?

    Comment Author

    Gs Budhathoki

    Raksiko kura garnerle randibajko lekh lekh to Timi tesko aviyenta houni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?