महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको चप्पलकारखाना चोक नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
  • महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको चप्पलकारखाना चोक नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत महाराजगञ्जका एक प्रहरीले जानकारी दिए ।

मोटरसाइलको पछाडिको भाग केही पनि नरहेको र तत्कालै उनीहरुलाई उपचारको लागि भनेर टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे बुझ्न दुर्घटनास्थलमा प्रहरी र स्थानीयहरुको भीड लागेको छ । सडक रगताम्य र स्थानीयका अनुसार मोटरसाइकल चालकको टाउकोको आधी भाग काटिएको छ ।

घटनामा मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?