क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १९, २०७७
|
|
४० पटक हेरिएको
Shares
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

सारांश

  • संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।
  • लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।

संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।

घटनास्थलमा अपराह्न ५.३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताए । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिए ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् ।

अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र त्यहाँ करिब एक लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिए । त्यसबखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरी सहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।

गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल
पेट्रोलियम पाइपलाइन ओछ्याउन अढाई किमी बाँकी
पेट्रोलियम पाइपलाइन ओछ्याउन अढाई किमी बाँकी
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव
तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर  – साझा पार्टी
रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर – साझा पार्टी
गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?
वीर अस्पतालको उपकुलपतिका लागि को – को छन् दाैडमा ?