देउसीभैलो खेल्न रोक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
२० पटक हेरिएको
Shares
देउसीभैलो खेल्न रोक

सारांश

  • रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ ।
  • कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् ।
  • देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् ।

देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । जिल्लामा सक्रिय सङ्क्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताउनुभयो ।

विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ । हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उहाँले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।

यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिनुभयो । प्रजिअ राइले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?
सागको चौंथो दिन १६ खेल, कुन खेल कहाँ ?
लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा
लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
असन्तुष्टि थाँती राखौँ, चुनावमा एकढिक्का हौँ : नेता सिंह
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध
श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

तपाईंले छुटाउनुभयो कि?