एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एमाले-माओवादी केन्द्र एकता संयोजन समिति बैठकको तयारी

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक नेकपा एमाले र माओवादी केन्द्रद्वारा गठित एकता संयोजन समितको बैठक मंगलबार बस्ने तयारी भएको छ।
  • माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले मंगलबार एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिइन्।
  • स्थान र समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं आएलगत्तै तय हुने उनले बताइन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक नेकपा एमाले र माओवादी केन्द्रद्वारा गठित एकता संयोजन समितको बैठक मंगलबार बस्ने तयारी भएको छ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले मंगलबार एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिइन्। स्थान र समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं आएलगत्तै तय हुने उनले बताइन्। केही दिनदेखि राजधानी बाहिर रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो काठमाडौं आउँदैछन्।

गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए। एकतालाई टुंगोमा पुर्‍याउन भन्दै उनीहरूले पार्टी एकता संयोजन समिति बनाएका थिए। चुनावको परिणाम आएलगतै बैठक बस्ने भनिए पनि गत कात्तिक १५ यता बस्न सकेको छैन।

पार्टी एकता र स्थीर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकोले यसलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?