गगन थापालाइ किन अलाेकतान्त्रिक भने पाैडेलले?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
गगन थापालाइ किन अलाेकतान्त्रिक भने पाैडेलले?

सारांश

  • मंसिर २३, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित विधानको मस्यौदामाथि वृहत छलफल गरेर कमी कमजोरी हटाउने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै पौडेलले सबै केन्द्रिय सदस्यहरुको विचारलाई आधार मानेर सर्वस्विकार्य बनाइने बताएका हुन् ।

मंसिर २३, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित विधानको मस्यौदामाथि वृहत छलफल गरेर कमी कमजोरी हटाउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै पौडेलले सबै केन्द्रिय सदस्यहरुको विचारलाई आधार मानेर सर्वस्विकार्य बनाइने बताएका हुन् ।

पदाधिकारी बढाउने सन्दर्भमा सबै सदस्यहरुको मिल्दोजुल्दो विचार व्यक्त भएको पौडेलले बताए । लोकतान्त्रिक पार्टीभित्र व्यक्त भएका फरक विचारलाई अन्यथा लिन नहुने पौडेलको भनाई छ ।राजनीतिमा उमेरको हदबन्दी नहुने भन्दै पौडेलले गगन थापाले प्रस्ताव गरेको ७० वर्षको उमेरहद उचित नभएको बताए । थापाको प्रस्तावलाई पौडेलले अलोकतान्त्रिक विचार भनेका छन् ।अरुलाई बाहिर निकालेर आफू अघि बढ्नका लागि उमेरहद ल्याउन खोजिएको पौडेलको आरोप छ । केही समयअघि नेकपा एमालेले पनि उमेरहद लगाएर भरतमोहन अधिकारी जस्तो राम्रो नेतालाई पाखा लगाइएको पौडेलले उदाहरण प्रस्तुत गरे ।

प्रधानमन्त्री केपी ओलीले कुरा मिठा गरे पनि देशका लागि राम्रो काम गर्नै सुनौलो मौकाको फाइदा उठाउन नसकेको पौडेलको तर्क छ ।“न अशान्ति छ, न अस्थिरता छ, न प्रतिपक्षको ठूलो चुनौति छ । निर्धक्क काम गर्न सकिने सहज वातावरण बनेको बेलामा पनि काम हुन सकेको छैन ।” पौडेलले भने ।पछिल्लो समय विचार र दर्शका आधारमा कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट नै भएको पौडेलले स्पष्ट पारेका छन् । “हाम्रो मूल प्रतिस्पर्धा त कम्युनिष्टसँग नै हो ।” पौडेलले भने । अब जनताको घरदैलोमा गएर कांग्रेसले सबैको मन जित्ने अभियान चलाउनुपर्ने पौडेलको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
हेटौँडालाई प्रदेश राजधानी बनाउन माग
नीति तथा कार्यक्रमप्रति हामिहरूकाे कुनै समर्थन छैन:  राजेन्द्र महतो
नीति तथा कार्यक्रमप्रति हामिहरूकाे कुनै समर्थन छैन: राजेन्द्र महतो
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
दोलखामा नेकपा माओवादी केन्द्रका कार्कीको सुरुवाती अग्रता
दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते
दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार
कथा : “तिनै हुन मेरी आमा”
कथा : “तिनै हुन मेरी आमा”
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली