आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
३६ पटक हेरिएको
Shares
आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

सारांश

  • बैतडी – रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।
  • दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो ।
  • उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् ।

बैतडी – रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।

दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।”

नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उहाँले भन्नुभयो, “अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी श्रमिकको दुर्घटना बीमा  गर्छौं, यसले त्यहाँ काम गर्ने श्रमिक दुर्घटना परे पनि सहयोग मिल्नेछ ।”

रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी श्रमिकको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।” यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी श्रमिकको दुर्घटना बीमा गर्दै आएको छ ।

(https://www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक विकास सम्मेलन गर्दै
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
भतिजको नामबाट भोट हाल्न खोज्ने   पक्राउ
भतिजको नामबाट भोट हाल्न खोज्ने पक्राउ
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
पहाडी र हिमाली क्षेत्रमा उक्लँदै तराईका रोग
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर