साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १२, २०७६
|
|
३३ पटक हेरिएको
Shares
साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’

सारांश

  • पूर्व राजा ज्ञानेन्द्र शाहले साइत अगावै टीका लगाएका छन् ।
  • उनले मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन् ।
  • पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेकोमा पूर्व राजाले एक घन्टा अगावै टीका लगाए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले साइत अगावै टीका लगाएका छन् । उनले मंगलबार विहान १० बजेर ५१ मिनेटमा कमलादीमा बहिनी शोभा शाहको हातबाट टीका लगाएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले टीकोको उत्तम साइत ११ः५५ उल्लेख गरेकोमा पूर्व राजाले एक घन्टा अगावै टीका लगाए । टीका लगाएपछि संचारकर्मीसँग संक्षित कुरा गर्दै परिवर्तनकारी भनिएका शक्तिलाई चेतावनी दिए ।

परिवर्तनकारी शक्तिहरुले विकास र प्रगतिलाई अगाडि नबढाए उनीहरु नै अप्ठ्यारो पर्नसक्ने चेतावनी दिएका हुन् । ‘विकास र प्रगतिलाई परिवर्तनकर्ताले बुझेनन् र मनन गरेनन् भने परिवर्तनककर्तालाई अप्ठ्रोमा पर्न सक्छ,’ पूर्व राजा ज्ञानेन्द्र शाहले भने ।

सत्ताधारीहरुबारे संचारकर्मीले प्रश्न सोध्दा पूर्व राजा शाहले आज भाइटीका कसैको आलोचना गर्ने दिन नभएको प्रतिक्रिया दिए । यद्यपि उनले दलहरुप्रति घुमाउरो पाराले असन्तुष्टि जनाए ।

सबै नेपालीमा खुशी र सुख छओस् भन्दै लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै आफैलाई मेटाएर अरुलाई सुखी बनाउन सक्ने शक्ति प्राप्त होस् भने । पूर्व राजाले दशैंमा शुभकामना दिंदा कडा धारणा सार्वजनिक गरेपछि भाइटीकाको दिन परिवर्तनकारी शक्तिप्रति लक्षित गरी बोलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?