एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा

सारांश

  • बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ ।
  • एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ ।
  • मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद गरेको छ ।

मङ्गलबार सुनसरीको हरिपुर–९ नेहरु पार्कस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ च ५५०५ नंको याक्थाकु नावाहाङ चेम्जोङ वंश उत्थान सङ्घको एम्बुलेन्सबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी, भान्टाबारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट, भान्टाबारी समेतको संयुक्त टोलीले पच्छ्याउँदै एम्बुलेन्सलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सात बोरा (जम्मा १८८ केजी) गाँजासहित पक्राउ गरेको हो ।

उक्त एम्बुलेन्स र सोही एम्बुलेन्समा सवार एकजना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न देउवालाई वाम गठबन्धनको संयुक्त आग्रह
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,
राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
राष्ट्रिय महिला फुटबल लिगमा आर्मीले सुदूरपश्चिमलाई ७–० ले हरायो
कस्ता मास्क कसरी लगाउने ?
कस्ता मास्क कसरी लगाउने ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
युवाविहीन बन्दै हुम्लाका गाउँ
युवाविहीन बन्दै हुम्लाका गाउँ
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
चार जनाले चलाएकाे नेपाली काङग्रेसकाे भातृ संस्था !
चार जनाले चलाएकाे नेपाली काङग्रेसकाे भातृ संस्था !
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)