एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने

सारांश

  • काठमाडौं।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन्।
  • यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए।

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन्।

यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो।

२०८० सालमा सञ्चालित एसईई परीक्षाको नतिजा हिजो सार्वजनिक गरिएको थियो। एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?