मोटरसाइकल दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा मृत्यु

सारांश

  • गुल्मी, २७ भदौ ।
  • मोटरसाइकल दुर्घटना हुँदा आज बिहान रुरु गाउँपालिका– ३ निवासी २३ वर्षीय राजु सारुको मृत्यु भएको छ ।
  • ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरम्ुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो ।

गुल्मी, २७ भदौ । मोटरसाइकल दुर्घटना हुँदा आज बिहान रुरु गाउँपालिका– ३ निवासी २३ वर्षीय राजु सारुको मृत्यु भएको छ ।

ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरम्ुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?