सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै

सारांश

  • काठमाडौं, २० असार ।
  • सरकार विभिन्न विवादमा फसिरहँदा प्रमुख प्रतिपक्षी नेपाल कांग्रेस सरकारविरुद्ध आक्रामक बन्ने तयारीमा अघि बढेको छ।
  • बुधबार बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।

काठमाडौं, २० असार । सरकार विभिन्न विवादमा फसिरहँदा प्रमुख प्रतिपक्षी नेपाल कांग्रेस सरकारविरुद्ध आक्रामक बन्ने तयारीमा अघि बढेको छ। बुधबार बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।

सार्वजनिक स्थानमा विरोध प्रदर्शनका सरकारले माइतीघर लगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेकोमा त्यसविरुद्ध उत्रने निर्णय गरेको छ।

त्यस्तै, जुम्लामा अनसन बसिरहेका डा गोविन्द केसीलाई सहयोग गर्न प्रकाश रसाइली सहितका तीन सांसदलाई जुम्ला पठाउने निर्णय भएको छ।

चिकित्सा शिक्षासम्बन्धि बिधेयकलाई पहिले जस्तै पेश गर्न सरकारसँग माग गरेको छ।
त्यस्तै, संसदीय समितिहरुलाई तत्काल पूर्णता दिन र मौलिक हकसम्बन्धि कानुन बनाउन पनि माग गर्ने निर्णय भएको कांग्रेस नेता बालकृष्ण खाँडले बताए।

मंगलबार साँझ सभापति शेरबहादुर देउवाले पार्टीका बरिष्ठ नेताहरुसँग छलफल गरेका थिए।
छलफलमा पार्टी्भित्रका तिक्तता छाडेर एकजुट भइ सशक्त प्रतिपक्षीको भूमिका निभाउने निर्णय भएको  छ।

सडकदेखि सामाजिक सञ्जालसम्म सरकारविरुद्ध उत्रने कांग्रेसको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?