सरकारी बजेट तर कार्यक्रम भने नेताको नाममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सरकारी बजेट तर कार्यक्रम भने नेताको नाममा

सारांश

  • चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ ।
  • दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ ।
  • सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन्।

चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ । दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ ।

सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन्। हिमाली भेगमा पर्ने यो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न अध्यक्षको नामबाट खर्च गरिनेछ। त्यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । स्थानीय तहका प्रमुखरउपप्रमुखले आफ्नो शान, मान, रवाफ बढाउन बजेट उपयोग गरेका घटना बढिरहेका छन्। गोरखाका अधिकांश तहले व्यक्तिगत लोकप्रियताका लागि आफूसँग नाम जोडेर कार्यक्रम बनाउने क्रम बढेको छ । नौ गाउँपालिका र दुई नगरपालिका रहेको गोरखाका तीन वटाबाहेक सबैले प्रमुखरउपप्रमुखसँग जोडेर कार्यक्रम बनाएका छन् । एउटै स्थानीय तहमा चारवटासम्म यस्ता कार्यक्रम बनाइएका छन् ।

धार्चेका प्रमुख सन्तोष गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिता समावेश गरेका छन्। यस वर्षको यो कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । सोही गाउँपालिकाले ‘उपाध्यक्ष महिला उत्थान कार्यक्रम’ निर्धारण गरेको छ । कार्यक्रमअन्तर्गत लैंगिक समानता तथा सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, उद्यमशीलता तथा सीप विकासका लागि काम गर्ने अध्यक्ष गुरुङले बताए ।

बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले ‘अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गाउँसभाबाट पारित गराएका छन् । त्यसका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?