भेट्न आएका ५ सचिवालय सदस्यलाई प्रम ओलीले दिए यस्तो जवाफ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २२, २०७७
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न आएका सचिवालयका पाँच जना सदस्यहरुलाई पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन् ।
  • बालुवाटारमा आफूलाई भेट्न आएका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ओलीले पार्टीभित्र गुटबन्दी गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
  • थापाले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने,‘तपाईहरु गुटबन्दी गर्ने काम बन्द गर्नुहोस, एकताविरोधी काममानलाग्नुहोस ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भेट्न आएका सचिवालयका पाँच जना सदस्यहरुलाई पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न आएका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ओलीले पार्टीभित्र गुटबन्दी गर्ने काम तत्काल बन्द गर्न आग्रह गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने,‘तपाईहरु गुटबन्दी गर्ने काम बन्द गर्नुहोस, एकताविरोधी काममानलाग्नुहोस । गुटबन्दी गरेर ज्ञापनपत्र पत्र बुझाएर समस्याको समाधान हुँदैन् । पार्टी एकताको जगमा उभिनुहोस ।’ थापाका अनुसार प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुराको विश्वास दिलाएका थिए । ओलीले नेताहरुसँग आफू बैठक राख्ने पक्षमा रहेको सुनाउँदै त्यसको लागि पनि बसेर आपसी सहमति र छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?