भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २२, २०७९
|
|
३८ पटक हेरिएको
Shares
भक्तपुरमा महेश बस्नेतलाई हराउनकै लागि दुर्लभ थापालाई टिकट !

सारांश

  • भक्तपुर  ।
  • भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापाले टिकट पाएका छन ।
  • यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।

भक्तपुर  । भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापाले टिकट पाएका छन । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मतअन्तरले जितेका थिए । उक्त बेला कांग्रेसले पूर्वसभामुख दमननाथ ढुङ्गानालाई टिकट दिएको थियो । त्यसबेला टुरिस्ट उम्मेदवार उठाएको भन्दै कांग्रेसभित्रै ठूलो आलोचना भएको थियो ।

केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुङ्गेललाई झिनो मतान्तरले पराजित गरी विजयी भएका थिए ।

यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ । तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहीन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ । यस हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।

यसअघि सता गठबन्धनले भक्तपुरमा सिट बाँडफाँडमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । सोही अनुसार कांग्रेसले जिल्ला सभापति थापालाई टिकट दिएको हो ।

क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको थियो । सत्ता गठबन्धनको सिट बाँडफाँडमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
औद्योगिक क्षेत्रमा लगाइएको ताला खुल्यो
औद्योगिक क्षेत्रमा लगाइएको ताला खुल्यो
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
Anushka Sharma asked a man to stop throwing garbage on the road, he slammed Virushka!
Anushka Sharma asked a man to stop throwing garbage on the road, he slammed Virushka!
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल
एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती

तपाईंले छुटाउनुभयो कि?