कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सरकारकाे कामकाे समीक्षा हुने

सारांश

  • काठमाडौं।
  •   सरकार विरुद्ध सदनदेखि सडकसम्म आन्दोलन गर्ने घोषणा गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ।
  • बैठकमा सरकारको कार्यशैलीको विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं।  सरकार विरुद्ध सदनदेखि सडकसम्म आन्दोलन गर्ने घोषणा गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ। बैठकमा सरकारको कार्यशैलीको विषयमा छलफल हुने बताइएको छ। 
यसैगरी कांग्रेस भातृसंगठन नेविसंघको म्याद थप गर्ने, नगर्ने विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। ‘नेविसंघ पदाधिकारीको पदावधी माघ दुई गते सकिएको छ, यो विषयमा र महासमितिले पारित गरेको विधान, राजनीतिक आर्थिक प्रस्ताव टुंग्याउने विषयमा छलफल हुन्छ,’ प्रवक्ता शर्माले भने। यसैगरी बैठकमा मााघ २१ गते देशव्यापी गरेको आन्दोलनको समीक्षा हुने शर्माले जनाए। 
महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिबाट कामचलाउ हैसियतमा सीमित गरेको छ ।
कांग्रेसले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै सरकार विरुघ संघर्ष गर्ने घोषणा गरेको थियो। पहिलो चरणको कार्यक्रम माघ २१ गते मुलुकभरका जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै सकिएको थियो। पहिलो चरणको आन्दोलनको समीक्षा र सरकारको काम कारवाहीलाई कसरी निगरानी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताएको छ। 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?