बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सारांश

  • कावासोती ।
  • पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
  • ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?