सवारी दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
१५ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा दुईको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
  • आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।

काठमाडौँ । काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीनजना भने बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?