पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ३०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

सारांश

  •   रामपुर ।
  • नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
  • आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

  रामपुर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

“पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन”, उनले भने ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापा बताउँछन् । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
उपनिर्वाचन २०७६ : मतदानस्थलमा सामग्री पुग्यो
उपनिर्वाचन २०७६ : मतदानस्थलमा सामग्री पुग्यो
अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना
अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव
चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै
चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै

तपाईंले छुटाउनुभयो कि?