विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
५० पटक हेरिएको
Shares
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान  ?

सारांश

  • मस्कोको लुजनिकी स्टेडियममा आइतबार बेलुका २१ औं विश्वकपको उपाधि उचाल्न फ्रान्स र क्रोएशिया आमनेसामने हुँदा विश्वभरका मानिसहरुको आखाँ टेलिभिजन सेटमा अडिनेछन्।
  • दुई राष्ट्रहरु भने इतिहासको किताबमा आफ्नो नाम लेखाउँदै विश्व च्याम्पियन बन्ने होडमा हुनेछन्।
  • फ्रान्स र क्रोएशियाबीच रोमाञ्चकारी हुने अपेक्षा गरिएको छ।

मस्कोको लुजनिकी स्टेडियममा आइतबार बेलुका २१ औं विश्वकपको उपाधि उचाल्न फ्रान्स र क्रोएशिया आमनेसामने हुँदा विश्वभरका मानिसहरुको आखाँ टेलिभिजन सेटमा अडिनेछन्।

दुई राष्ट्रहरु भने इतिहासको किताबमा आफ्नो नाम लेखाउँदै विश्व च्याम्पियन बन्ने होडमा हुनेछन्। फ्रान्स र क्रोएशियाबीच रोमाञ्चकारी हुने अपेक्षा गरिएको छ। फाइनलमा फ्रान्सका किशोर फरवार्ड केलिएन एम्बाप्पे र क्रोएशियाका स्टार मिडफिल्डर लुका मोडरिच आमने सामनेको हुँदाको क्षण हेर्न धेरै समर्थकहरु ब्यग्र प्रतिक्षामा छन्।

१) केलियन एम्बाप्पे (फ्रान्स)

१९ वर्षिया एम्बाप्पे मैदानमा उत्रदा उनको मुहार भने भयमुक्त हुन्छ भने विपक्षी खेलाडीको अनुहारमा कालो बादल मडारिन्छ। यी किशोर खेलाडीले यसअघि नै विश्वका धुरन्धर डिफेन्डरहरुलाई चिप्लाउँदै निर्णायक गोल गर्दै सनसनी मच्चाईसकेका छन्।

जारी विश्वकपका ६ खेलमध्ये ३ गोल गरिसकेका एम्बाप्पेको बिस्फोटक खेल अर्जेन्टिनाविरुद्ध अन्तिम १६ मा देखिएको थियो। उनकाे सनसनीपूर्ण प्रदर्शनको मदतमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ले पराजित गर्दै घर फर्काएको थियो। त्योसँगै उनी ब्राजिलका लिजेन्ड पेले (१९५८) पछि किशोर उमेरमा एउटै विश्वकपमा दुई भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

जारी विश्वकपमा एम्बाप्पेले प्रभाव नपारेको फ्रान्सको कुनै खेल छैन्। उनको अविश्वसनीय तीव्र गति र ड्रिबलिङ शैली र बललाई नियन्त्रण गर्ने खुबीको अगाडि क्रोएशियाली स्टार मिडफिल्डर लुका मोडरिच खडा हुँदा उनी कसरी अगाडि बढ्छन्? त्यो भने हेर्न लायक हुनेछ।

२) लुका मोडरिच (क्रोएशिया)

रियल म्याड्रिडबाट क्रोएशियाका कप्तान लुका मोडरिचले पाँच वर्षमा चार च्याम्पियन्स लिग जितीसके। जसले उनलाई विश्वका एक उत्कृष्ट मिडफिल्डर बनायो। तर, विश्वकप पछि भने उनले थप नयाँ उचाई हासिल गरे। ३२ वर्षिया यी खेलाडी यस विश्वकपका ६ खेलमा तीन चोटी म्यान अफ द म्याच भैसकेका छन्।

टोलीलाई आत्मविश्वासी बनाउँदै अघि बढ्ने उनको नेतृत्व क्षमता अन्तिम १६ मा डेनमार्कविरुद्ध देखिएको थियो। उनी पेनाल्टी चुके पनि कत्ति अतालिएनन् अगाडि बढे र पुनः पेनाल्टी सुटआउटमा डेनमार्कविरुद्ध निर्णायक पेनाल्टी पराजित गर्दै टोलीलाई फाइनलतर्फ डोर्याएका थिए।

फाइनलमा उनको आँखा सटिक पाससँगै गोलमा हुनेछ। क्रोएशियाको मिडफिल्डलाई हरेक कुरो चुस्त बनाएका मोडरिचको शान्त, नियन्त्रित र प्रेरणादायी आकँडालाई फाइनलमा एम्बाप्पेको गतिले कति चुनौती देला त्यो भने खेल सुरु भएपछि थाहा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो
मुग्लिन-नारायणगढ र पाल्पामा पहिरो जाँदा बाटो रोकियो
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !
लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !