समानुपातिक उम्मेदवार छनोटमा दलहरुको मनपरी : गल्ती खोज्दै आयोग
सारांश
- काठमाडौं, १७ पुस ।
- समानुपातिक उम्मेदवार छनौटमा दलहरुले मनपरी गरेको भेटिएको छ ।
- निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचीमा त्रुटि रहेको जनाउँदै दलहरुले गरेका गल्ती खोज्न थालेको छ ।
काठमाडौं, १७ पुस । समानुपातिक उम्मेदवार छनौटमा दलहरुले मनपरी गरेको भेटिएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचीमा त्रुटि रहेको जनाउँदै दलहरुले गरेका गल्ती खोज्न थालेको छ ।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहेको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।
आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छ/छैन, समानुपातिक कलस्टरअनुसार छ/छैन भनेर छानविन गरिरहेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएको आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ । आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याउन आइतबार नै पत्र लेख्ने तयारी गरिसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया