ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
१४ पटक हेरिएको
Shares
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना

सारांश

  • काठमाडौ : जापानले आगामी सन २०२० मा हुने ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्यको चाहना व्यक्त गरेको छ ।
  • जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग मंगलबार सिंहदरवारमा भएको भेटमा त्यस्तो चाहना व्यक्त गर्नु भएको हो ।
  • मन्त्री ओडाराले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको हो ।

काठमाडौ : जापानले आगामी सन २०२० मा हुने ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्यको चाहना व्यक्त गरेको छ । जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावाराले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग मंगलबार सिंहदरवारमा भएको भेटमा त्यस्तो चाहना व्यक्त गर्नु भएको हो ।
मन्त्री ओडाराले सन् २०२० मा जापानमा हुने ओलम्पिक प्रतियोगितामा नेपाल र जापानका बीचमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको हो । ओलम्पिक प्रतियोगितालाई खेलकुदको कुम्भमेला मानिन्छ । सो प्रतियोगितामा दुई सय भन्दा बढी मुलुकका खेलाडी सहभागी हुनेछन् ।
मन्त्री ओडावाराले नेपालमा लगानी गर्न चाहने जापानीका लागि अन्तर्राष्ट्रियस्तरको लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । मन्त्री ओडावराको यो पहिलो नेपाल भ्रमण हो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले भूकम्पपछिको पुनः निर्माण तथा जापानले सार्क विकास कोषमा सहयोग गरेको प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘जापान हाम्रो असल, भरपर्दो र विश्वाशिलो मित्र राष्ट्र हो ।’

नयाँ संविधानको कार्यान्वयनको सिलसिलामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको उल्लेख गर्दै उहाँले आगामी तेस्रो चरण स्थानीय तहको निर्वाचन तथा अन्य निर्वाचन पनि शान्तिपूर्ण तवरले सम्पन्न हुने बताउनुभयो ।

जापानले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नौविसेदेखि नाकढुङ्गासम्म जापानको सहयोगमा बन्न लागेको सुरुङमार्ग र पोखरामा खानेपानी परियोजनामा पुरयाएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?