ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल

सारांश

  • काठमाडौं।
  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
  • पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन्।

काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन्।

उनले भने-‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन्। यो सामान्य कुरा होइन। कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन। उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?