कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ ।
  • विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएका हुन् ।

मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपातिक सहभागिता जुटाएर आगाडि बढ्नुपर्ने बताए । उनले नेपालको संविधानमा उल्लेख भएअनुसार लोकतन्त्र, गणतन्त्र एवम् धर्म निरपेक्षता बलियो बनाए मुलुक सुदृढ र समृद्ध हुने चर्चा गरे ।

प्रदेश प्रमुख खापुङले हिमाल, पहाड र तराईमा बसोबास गर्ने बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक जातिको सम्बन्धलाई ध्यानमा राखी आयोगले प्रतिवेदन तयार गरेकामा खुसी व्यक्त गरे ।

सदस्य साहले दुई वर्षको मेहनतका साथ मधेसमा बस्ने जातिजातिको तथ्याङ्क र मधेसमा महिला हिंसाको उजुरी अत्यधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?