बालिकालाई यौनजन्य कार्यमा लगाउने पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बालिकालाई यौनजन्य कार्यमा लगाउने पक्राउ

सारांश

  • काठमाडौँ ।
  • ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।

काठमाडौँ । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल÷गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल/गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
जुडी खोलाले बगाएर २ जना बेपत्ता
जुडी खोलाले बगाएर २ जना बेपत्ता
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?

तपाईंले छुटाउनुभयो कि?